आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सुनापाती ५ खनियापानीको वडा भेला सम्पन्न 


सुनापाती ५ खनियापानीको वडा भेला सम्पन्न 

सुनौलो रामेछाप


चैत १२, रामेछाप । नेपाल कम्यूनिष्ट पार्टी एमाले सुनापाती गाउँपालिका वडा नं. ५ खनियापानीको वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

आनन्द लामाको अध्यक्षता रहेको कार्यक्रममा कमल प्रसाद चौलागाईं प्रमुख आतिथी, ज्ञानकुमार योञ्जन विषेश अतिथीमा रहनु भएको थियो । उक्त कार्यक्रमले प्रमोद खड्का संयोजक, रिजन लामा (अमृत) सह–संयोजक सहित २५ सदस्यीय वडा कमिटी गठन गरेको जानकारी सुनापाती गाउँपालिका कमिटी सचिव राज मैनालीले सुनौलो रामेछापलाई जानकारी गराए । 

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य राम कृष्ण लामा, जिल्ला सदस्य चन्द्र मानन्धर, अमर ध्वज लामा, सुक्राम लामा, जिल्ला सल्लाहकार सदस्य रोज पाठक, नेकपा एमाले सुनापाती गाउँपालिका कमिटी सचिव राज मैनाली, युवा परिषद केन्द्रिय सदस्य मुकेश लामाले मन्तव्य राख्नुभएको थियो । 


                                   तस्बिरः राज मैनाली 
 

बिहीबार १२ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट