पुष २९, रामेछाप । ‘एक वडा एक हेलिप्याड’ रामेछाप जिल्लाभित्र निर्माण गर्ने अभियान अनुसार दोरम्बा गाउँपालिकाले ७ वटै वडामा हेलिप्याड निर्माणको काम सम्पन्न गरेको छ ।
लखुनपर, गुँरासे, टोकरपुर, दोरम्बा पासिवन लगायतको ठाउँमा हेलिप्याड निर्माण गरिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताएका छन् ।
भौगोलिक हिसाबमा विकट मानिएको रामेछापको उमाकुण्ड गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गर्न आग्रह गरेको छ । त्यसपछि गाउँपालिकाभित्रका सुत्केरी र गर्भवती महिलाहरुको हेलिकोप्टर मार्फत निशुल्क उद्धार हुनेछ ।
बुधबार २९ पुष, २०७७