माघ २९, काठमाडौं । सदरमुकामदेखि तीन गाउँपालिका जोडने मन्थली गाल्वा चौरी सडक कालोपत्रे गर्न थप ४७ करोड बजेट स्वीकृत भएको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताएका छन् ।
उनले खाँडादेवी, दोरम्बा र सुनापती जोडने मुख्य सडकको रुपमा रहेको सडक कालोपत्रे गर्न बजेट स्वीकृत भएको बताएका हुन् ।
मन्त्री ढुंगेलले भने, ‘जिल्लाको मुख्य सडकको पहिचान गरेर धमाधम कालोपत्रे भइरहेको छ, मन्थली गाल्वा रजमटार चौरी खोला जोडने सडक कालोपत्रे गर्ने दोस्रो खण्डको लागि ४७ लाख अर्थमन्त्रालयले स्वीकृत गरेको छ ।’
जिल्ला सदरमुकाम मन्थलीबाट खाँडादेवी– ५ पकरबाससम्म सडक पीच गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लामा सञ्चालित बहुबर्षिय ठेक्का मार्फत अगाडि बढेको सडकको कामलाई बजेटको अभाव हुन नदिने मन्त्री ढुंगेलले बताए ।
बिहीबार २९ माघ, २०७७