कात्तिक ४, रामेछाप । नेकपा (एमाले)को यही कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिकाको अधिवेशन हुँदैछ । वडा र पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न हुने रामेछाप जिल्लाका इन्चार्ज कैलाश ढुंगेलले बताए । उनले एकताको अधिवेशन भएकाले सर्वसम्मत रुपमा वडा र पालिकाको नेतृत्व चयन हुने बताएका हुन् ।
वडा र पालिकाको अधिवेशनको सबै तयारी पूरा भईसकेको एमाले रामेछापका प्रवक्ता प्रकाश कुमार कार्कीले जानकारी दिए । एमालेले साढे चार हजार संगठित सदस्य थप्दै साढे दस हजार पुर्याएको हो ।
बिहीबार ४ कार्तिक, २०७८