शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

साइत हेरेर निर्वाचनको मिति घोषण गर्दैमा निर्वाचनमा जित्न सकिदैन : ढुंगेल


साइत हेरेर निर्वाचनको मिति घोषण गर्दैमा निर्वाचनमा जित्न सकिदैन : ढुंगेल

सुनौलो रामेछाप


माघ १४, रामेछाप । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । 
 निर्वाचन सार्ने वा रोक्ने खेल एमालेलाई स्वीकार्य नहुने बताउँदै सत्ता गठबन्धनको जालझेलको विरुद्ध पार्टीले सशक्त रुपमा आवाज उठाउनु पर्ने बताएका छन् । उनले 
यस्तो चुनाव सार्ने खेल अलोकतान्त्रिक र संघीयता विरोधी कदम भएको बताउँदै ढुंगेलले चुनावी प्रतिस्पर्धाबाट भाग्न खोज्नु सत्ता गठबन्धनको हारको मानसिता भएको आरोप लगाएका छन् । 

सत्ता गठबन्धनले कुण्डली हेरेर चुनावमा जान चाहेको छ, साइत हेरेर निर्वाचनको मिति घोषण गर्दैमा निर्वाचनमा जित्न सकिदैन, निर्वाचन जित्न जनताको मन जित्नु पर्छ, एमालेले जनताको मन जितेको छ, उनले भने ।
रामेछापको आठ वटै स्थानीय तहमा एमालेले चुनाव जित्ने दावी गर्दै ढुंगेलले भने,‘रामेछाप एमालेको लालकिल्ला हो, आगामी स्थानीय तहको निर्वाचनमा जितेर देखाउछौं ।’ आफूहरु स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको बताउदै उनले एमालेले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने बताए ।
 

शुक्रबार १४ माघ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट