माघ २२, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहको ६४ वटै वडामा निर्वाचन जित्ने गरी अभियान चलाउन एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले बताएका छन् ।
उनले पार्टी विगतको भन्दा अहिले बलियो रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा सबै वडा जित्ने गरी पार्टीलाई परिचालन गर्ने दाबी गरेका हुन् ।
काठमाडौं आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले अब काठमाडौंमा भन्दा रामेछापको गाउँगाउँमा पुगेर चुनावी अभियानमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने,‘अब चुनाव जित्नको लागि गाउँ गाउँमा खटिनुहोस, रामेछापमा एमालेलाई हराउने तागत अरु कुनै पार्टीसँग छैन् ।’
राजनीतिक कारणले चुनाव जित्छौ, पैसाले होइन, पार्टीले माया लगाएर हासी हासी चुनाव जित्ने वातावरण बनाउछ,उनले भने ।
शनिबार २२ माघ, २०७८