फागुन २, रामेछाप । रामेछाप नगरपाालिका वडा नं. १ वडा कार्यलय गोठगाउँले रामेछाप नगरपालिकाको आ.ब. २०७७–०७८ को नगर परिषदबाट गोठगाउँका युवाहरुलाई लक्षित कार्यक्रमको लागि बिनियोजन भएको रकम रु. २,००,००० (दुई लाख)बाट गोठगाउँमा युवाहरुबिच प्रतिस्पर्धा हुने गरी भलिबल प्रतियोगिता सञ्चालन गर्न गईरहेको छ ।
वडा कार्यलय गोठगाउँले सुचना प्रकाशित गरी फगुन ७ गते देखि ९ गतेसम्म खेल सञ्चालन हुने जानकारी गराइसकेको छ । खेलाडीहरुले आ–आफ्नो टिम बनाई फागुन १ गतेदेखि ६ गते भित्र टिम दर्ता गर्ने खेलाडीहरुले मात्र फागुन ७ गते खेलमा भाग लिन पाउनेछन् ।
टिम दर्ता गर्दा दर्ता शुल्क रु.१,००० लाग्ने, खेलाडीहरुले खेल मैदानमा प्रवेश गर्दा आफ्नो नागरिकता अथवा जन्मदर्ता अनिवार्य लिएर आउनुपर्ने, यदि दुवै नभएको खेलाडीले टोल, छिमेकिको रोहवरमा मात्र खेल खेल्न पाउने, विद्यालयको हकमा पनि आफ्नो टिम बनाउन पाउने, खेलाडीहरुले हालसालै अध्ययन गरिरहेको प्रमाण सहिद परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने जानकारी सूचनामा उल्लेख गरिएको छ ।
वडा प्राविधिक तथा कार्यवाहक वडा सचिव केशव प्रसाद दाहालले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा सहभागी टिम मध्ये प्रथम हुन सफल टिमलाई रु.२५,००० (पचिस हजार) नगद सहित ट्रफि, द्धितिय हुने टिमलाई रु.१५,००० (पन्ध्र हजार) नगद सहित ट्रफि, तृतिय हुने टिमलाई रु. १०,००० (दस हजार) नगद सहित ट्रफि, चौथो अर्थात सान्तवना टिमलाई रु.५,००० (पाँच हजार) नगद पुरस्कार दिनुका साथै साबिकको १ देखि ९ सम्मका वडालाई एक–एक सेट भलिबल र नेट समेत वितरण गर्ने भएको छ ।

तस्बिरः देवी श्रेष्ठ
आईतवार २ फाल्गुन, २०७७
Rabin Thapa
Good