आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा पनि लकडाउन सुरु 


रामेछापमा पनि लकडाउन सुरु 

सुनौलो रामेछाप


वैशाख २०, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना संक्रमितको संख्या बढदै गएपछि सदरमुकाम मन्थलीसहित विभिन्न बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा आइतबार बसेको जिल्ला स्तरीय कोभिड (१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले मन्थली नगरपालिका, र गोकुलगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

आजदेखि वैशाख २७ गते सम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले बताए । एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन हुन पाउने छन् ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पूणर् रुपमा रोक लगाइने छ ।

 

सोमबार २० बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट