बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापका परियार राष्ट्रिय कविता प्रतियोगितामा प्रथम


रामेछापका परियार राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

सुनौलो रामेछाप


फागुन ६, रामेछाप । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा रामेछाप सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियार प्रथम भएका छन् । 

त्यसैगरी कविता प्रतियोगीतमा तनहुका गोविन्दगोपाल खतिवडा द्धितीय र खोटाङका तेज राईले तृतीय स्थान ग्रहण गर्न सफल भएका छन् । 

विक्रम पवन परियारले लेखेको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविता प्रथम भएको प्रज्ञा प्रतिष्ठानद्धारा गठित मूल्याङ्कन समितिले बताएको छ । भोली प्रतिष्ठानले प्रथम भएका परियारलाई आयोजना गरेको कार्यक्रममा पचास हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गर्नेछ । 
नेपाली सेनामा कार्यरत परियार कविता विधामा यसअघि पनि पुरस्कृत भइसकेका छन् । परियारका २०६८ सालमा ‘जलेको मुटु’ गजल संगह, २०७१ मा खण्डकाव्य, पाँच वटा गीत रेकर्ड भएका छन् । 
 
 

बिहीबार ६ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट