आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

मन्थलीको मच्छेडाँडीमा बस दुर्घटना


मन्थलीको मच्छेडाँडीमा बस दुर्घटना

सुनौलो रामेछाप


फागुन ७, रामेछाप । शुक्रबार बिहान रामेछापको मन्थली नगरपालिका वडा नं ५ मच्छेडाँडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । 

बा ५ ख २८५७ नं. को यात्रुवाहक बस सालुबाट मन्थली तर्फ आउँदै गर्दा दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते सबैको उद्दार भएर तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।

प्रहरीले बताए अनुसार मन्थलीमा संचालन हुन लागेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिताको लागी खेलाडी सहित विद्यार्थी लिएर आएको बस द्रुत गतिका कारण दुर्घटना भएको हो । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ । 
 

शुक्रबार ७ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट