आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

काभ्रेपलाञ्चोकको पनौतीमा सवारी दुर्घटना हुँदा रामेछापकी युवतीको मृत्यु


काभ्रेपलाञ्चोकको पनौतीमा सवारी दुर्घटना हुँदा रामेछापकी युवतीको मृत्यु

सुनौलो रामेछाप


 कार्तिक १, काभ्रेपलाञ्चोकको पनौतीमा सवारी दुर्घटना हुँदा दशैं मनाउन घर जाँदै गरेकी रामेछापकी युवतीको मृत्यु भएको छ । 

 मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो भने चार जना घाइते भएका छन् । आज बिहान पनौती नगरपालिका ५ सुन्दर बस्तिस्थित काठमाडौँबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएकी रमिलालाई धुलिखेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रामेछापकी मन्थली नगरपालिका–१२ की पुष्पा तामाङ, लिखुतामाकोशी गाउँपालिका ६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, इलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार रहेका छन् । 

बुधबार १ कार्तिक, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट