एलिना कार्की
फागुन १०
रामेछाप ,नगरपालिका वडा नं १ गोठगाउँ स्थित वडा कार्यालयको प्रांगणमा फागुन ७ गतेबाट सुरु भएको भलिबल प्रतियोगिताको हिजो समापन भएको छ ।
उक्त प्रतियोगितामा चण्डेश्वरी स्क्ल विजेता बनेको छ ।चण्डेश्वरी स्कुलले विजेता सँगै नगद रु २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।यस्तै गोठगाउँ सरोकार समाजले दोस्रो स्थान ओगटन सफल भएको छ भने उसले नगद रु १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो स्थान साविकको वडा नं ८ले हाँसिल गरेको छ भने १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र हाँसिल गरेको छ । यस्तै सान्त्वना पुरस्कार साविकको वडा नं ७ ले नगद रु ५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
चण्डेश्वरी स्कूलको साखलाई जोगाउँदै स्कुलका खेलाड्रीहरु हरि मगर र रोशन मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।चण्डेश्वरी स्कुल अतिरिक्त क्रियाकलापमा महत्वपूर्ण भुमिका बहन गर्न स्थापित स्कुल हो ।
सोमबार १० फाल्गुन, २०७७