बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम


रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम

सुनौलो रामेछाप


बैशाख ८, रामेछाप । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङले प्रथम स्थान हासिल गरेकी छिन् । 

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ प्रथम भएकी छिन् ।

महिला जिवनमा आधारित विषयमा कवयित्रीहरूले विश्वभरीका ठाउँ–ठाउँबाट सहभागिता जनाएको उक्त प्रतियोगितामा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू मध्येबाट रामेछापकी चेली तामाङ प्रथम हुन सफल भएकी छिन् । उनि हालै भने अमेरिकामा छिन् । कवयित्री तामाङले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोले उपहार स्वरुप ५०० डलर प्राप्त गरिन् । प्रतियोगितामा द्धितिय हुँदै बिन्दा पराजुलीले ३०० डलर र तृतिय हुँदै विष्णुमाया विभुले २०० डलर प्राप्त गरे ।

विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेलीले जित हासिल गर्दा रामेछाप जिल्लासँगै नेपालकै सान बढेको रामेछापका कवि नविन गाउँलेले बताए । 
 

बुधबार ८ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट