बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम


रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम

सुनौलो रामेछाप


बैशाख ८, रामेछाप । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङले प्रथम स्थान हासिल गरेकी छिन् । 

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ प्रथम भएकी छिन् ।

महिला जिवनमा आधारित विषयमा कवयित्रीहरूले विश्वभरीका ठाउँ–ठाउँबाट सहभागिता जनाएको उक्त प्रतियोगितामा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू मध्येबाट रामेछापकी चेली तामाङ प्रथम हुन सफल भएकी छिन् । उनि हालै भने अमेरिकामा छिन् । कवयित्री तामाङले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोले उपहार स्वरुप ५०० डलर प्राप्त गरिन् । प्रतियोगितामा द्धितिय हुँदै बिन्दा पराजुलीले ३०० डलर र तृतिय हुँदै विष्णुमाया विभुले २०० डलर प्राप्त गरे ।

विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेलीले जित हासिल गर्दा रामेछाप जिल्लासँगै नेपालकै सान बढेको रामेछापका कवि नविन गाउँलेले बताए । 
 

बुधबार ८ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट