बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

सांसद श्रेष्ठले पूरा गरे बाचाः सुनापतीमा एकसाथ एम्बुलेन्स र शववहान


सांसद श्रेष्ठले पूरा गरे बाचाः सुनापतीमा एकसाथ एम्बुलेन्स र शववहान

एलिना कार्की



१४ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गरेका छन् । सुनापती गाउँपालिकाको लागि एम्बुलेन्स र शवबहान उपलबब्ध गराउने निर्वाचनको प्रतिबद्धता अनुसार २५ लाख रुपैयाँमा एम्बुलेन्स र शवबहान खरिद भएको छ । 
स्थानीय पूर्वाधार विकास साझेदार  कार्यक्रम अन्तर्गत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एम्बुलेन्स र शवबहान खरिद गरेको हो ।

सुनापती गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी हिलेदेवीबीच भएको सम्झौता अनुसार शवबहान र एम्बुलेन्स गाउँपालिकामा आइपुगेको छ । एम्बुलेन्स र शवबहानको साँचो शनिवार गाउँपालिकाले आयोजना गर्ने एक कार्यक्रमकोबीच सांसद श्रेष्ठले रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

एम्बुलेन्स र शव बहान विशेषगरी गाउँपालिकाको केन्द्रमा राखिने भएको छ । पाँच वटै वडाका नागरिकहरुलाई सेवा दिईने छ।

शुक्रबार १४ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट