बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

नेता गौतमले गरे अक्सिजन सिलिण्डर सहयोग 


नेता गौतमले गरे अक्सिजन सिलिण्डर सहयोग 

सुनौलो रामेछाप


जेष्ठ २१, रामेछाप । एमाले नेता एवं निर्माण व्यवसायी रत्नप्रसाद गौतमले रामेछापका लागि ठूलो आकारको ६० सिलिण्डर अक्सिजन उपलब्ध गराएका छन् ।

अक्सिजनको अभाव भोगिरहेको रामेछापवासीका लागि गौतमले उपलब्ध गराएको अक्सिजन मध्ये जिल्ला अस्पताललाई ५० र अन्य स्वास्थ्य संस्थालाई १० सिलिण्डर उपलब्ध गराइएको छ ।

गौतमले पिपीई, मास्क, एन्टिजेन किट, अक्सिमिटर समेत उपलब्ध गराएका छन् । गौतमले उमाकुण्ड पालिकाका लागि केहि शैय्या समेत उपलब्ध गराएका छन् ।

गौतमले केहि दिन अघि जिल्ला प्रशासन कार्यालयलाई हस्तारन्तरण गरेका १ हजार थान एन्टिजिन किटको गुणस्तरको विषयमा प्रश्न उठेपछि उनले नेपाल सरकारले तोकेको गुणस्तरयुक्त एन्टिजेन किट प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरेका छन् । 

२० प्रकारका एन्टिजेन किटलाई मात्र नेपाल सरकारले मान्यता दिएको थियो । मन्त्री स्तरिय निणर्यमा भने अन्तराष्ट्रिय बजारमा मान्यता पाएको किट प्रयोग गर्न मिल्ने निणर्य गरेकोले उपलब्ध भएका किट प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा भने छानबिन पछि निणर्य गरीने प्रजिअ सैजुले बताए ।

शुक्रबार २१ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट