१६ फागुन, रामेछाप ।
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले केपी ओली बाहेक अरु प्रधानमन्त्री हुन नसक्ने बताएका छन् । उनले अहिले संसद पुर्नस्थापना हुँदा पनि केपी ओली नै प्रधानमन्त्री रहेको बताउदै भोली पनि ओली नै प्रधानमन्त्री रहिरहने बताएका हुन् ।
ढुंगेलले केपी हिजो पनि प्रधानमन्त्री रहनुभएको र आज प्रतिनिधि सभा पुर्नस्थापना हुँदा पनि प्रधानमन्त्री नै रहेको र फेरि हुने पनि ओली नै रहेको बताउँदै प्रचण्ड र माधव नेपालले लड्डु खाएर मुख मात्र मिठो पारेको उनको भनाई छ ।
प्रचण्ड र माधव नेपाल अत्मारतिको लागि सडकमा नाचेको आरोप लगाउदै मन्त्री ढुंगेलले प्रतिनिधि सभा पुर्नस्थापति भएपनि अरु प्रधानमन्त्री हुन सक्ने अवस्था नै नरहेको समेत बताएका छन् ।
आईतवार १६ फाल्गुन, २०७७