बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

रामेछापको शान्ति पौडेलसहित १० मन्त्री थपिए (नामसहित)


रामेछापको शान्ति पौडेलसहित १० मन्त्री थपिए (नामसहित)

सुनौलो रामेछाप


भदौ २३, रामेछाप । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ अनुहारहरु थपिएका छन् । 

मन्त्रिपरिषद्मा 
शान्ति पौडेल, रामेछाप
प्रदीप कटुवाल, सिन्धुली
रचना खड्का, दोलखा
बद्री मैनाली, नुवाकोट
विजय सुवेदी, चितवन
अजयक्रान्ति शक्य, काठमाडौं
चन्द्र लामा, काभ्रेपलान्चोक
जुनेलीमाया श्रेष्ठ, मकवानपुर
जीवन खड्का, ललितपुर र
सरस्वती बाची, भक्तपुर रहेका छन् । 

उनीहरूको सपथ दिउँसो २ बजेका लागि तय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । १० जना मन्त्रीमान नियुक्त भए पनि को मन्त्री र को राज्यमन्त्री भन्ने अहिलेसम्म खुलाइएको छैन । स्रोतका अनुसार नियुक्त १० मध्ये पाँच मन्त्री र पाँच राज्यमन्त्री हुनेछन् । 

पार्टीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष रहेका सांसदहरू मन्त्री र अरु राज्यमन्त्री हुने गरी मापदण्ड तयार गरिएको छ । यसअघि मुख्यमन्त्री शाक्य र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे रहेका छन् ।
 

बुधबार २३ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट