बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

खाँडादेवि गाउँपालीकाको अध्यक्षमा पुष्कर कार्की 


खाँडादेवि गाउँपालीकाको अध्यक्षमा पुष्कर कार्की 

सुनौलो रामेछाप


माघ ५, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पक्षमा जनसागर देखिएको छ ।  

 

खाँडादेवी गाउँकमिटीको आईतबार भएको ओली पक्षको बृहत कार्यकर्ता भेलामा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न ठाउँबाट निस्केको र्याली खाँडादेवी गाउँपालिकाको कार्यलय नजिक पुगि सभामा परिणत भएको थियो । 

 

नेपाल कम्युनिष्ट पाटी खाँडादेवी गाउँ संगठन कमिटीद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा ने.क.पा. केन्द्रिय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, केन्द्रीय सदस्य कमल चौलागाई, माधव ढुंगेल, नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, खाँडादेवी गाउँ कमिटीका इन्चार्ज एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

 

उक्त भेलाले खाँडादेवी गाउँ संगठन कमिटीको  अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र सचिव रमेश कुमार घिसिङलाई पदबाट वरखास्त गरी अध्यक्ष पदमा वडा नं.३ का अध्यक्ष पुष्कर कार्की र सचिवमा मोतिलाल तामाङलाई मनोनित गरेको छ । 

 

कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं कार्यकर्ता ने.क.पा.मा प्रवेश गरेका थिए । 


                                                                                                                        तस्बिरः टेक बहादुर श्रेष्ठ

सोमबार ५ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट