चैत ५, रामेछाप । रामेछाप न.पा वडा नं. १ गोठगाउँ स्वास्थ्य चौकिमा ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई चैत ५ र ६ गते कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ ।

वडा अध्यक्ष नर बहादुर थापाबाट लगाउन सुरु गरिएको खोप अहिलेसम्म ४० जनालाई लगाइसकेको गोठगाउँ स्वास्थ्य चौकिका इन्चार्ज दामु शेर्पाले सुनौलो रामेछापलाई बताए ।

तस्बिरः कल्पना नेपाली
बिहीबार ५ चैत्र, २०७७