वैशाख १५, रामेछाप । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि खाँडादेवी गाउँपालिकाले १४ बुँदे निर्णय गरेको छ ।
तिव्र गतिमा गाउँपालिकाभित्र फैलिन सक्ने सम्भावित संक्रमणलाई फैलिन नदिनका लागि विदेशबाट आएका नागरिकहरुलाई सात दिन अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्ने र कुनै पनि भेला वा भिडभाड हुने कार्यक्रम नगर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ ।
गाउँपालिकाभित्र २५ जना भन्दा बढी भेला हुन नपाउने नियमलाई कडाइपूर्वक कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।
उनले हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको बताउँदै अत्यावश्यक बाहेक घरबाट बाहिर नहिँड्न पनि आग्रह गरेको बताए ।

बुधबार १५ बैशाख, २०७८