बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

द भ्वाइस अफ नेपालमा रामेछापकी चेली छनोट 


द भ्वाइस अफ नेपालमा रामेछापकी चेली छनोट 

सुनौलो रामेछाप


चैत ८, काठमाडौं । रामेछापकी चेली सुजिता योञ्जन नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालको सिजन ३ मा छनोट भएकी छिन् । योञ्जन चालिस हजार प्रतियोगी मध्येबाट ६४ जनामा छनोट हुन सफल भएकी हुन् । 

रामेछाप दोरम्बा गाउँपालिका–५ गुन्सालस्थित धारापानी निवासी योञ्जन सानैबाट गीत संगीतमा रुची राख्दै आएकी थिइन । 

हिमालय टिभीमा प्रशारण भएको भ्वाइस अफ नेपाल–३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाट छनोट हुन पाउदा उनी निकै खुसी छिन् । 

सुनापती गाउँपालिका–२ दिमीपोखरीको मन्दर माविबाट १८ बर्षिय योञ्जनले एसईई पास गरेर हाल नक्सालस्थित सृजना संगीत कलेजमा संगीत विषयमा अध्ययन गरिरहेकी छिन् । 

आईतवार ८ चैत्र, २०७७



मतहरू

Rupeesh

Yes


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट