बैशाख २४ रामेछाप, ‘द भ्वाइस किड्स नेपाल सिजन २’को फाइनलमा रामेछापकि चेली सृष्टि लामा प्रवेश गरेकी छन् ।
शुक्रबार प्रसारण भएको एपिसोड १७ बाट, टिम मिलन नेवारबाट प्रतिनिधित्व गर्दै उनी अन्तिम फाइनलमा प्रवेश गरेकी हुन् ।
रामेछाप जिल्ला मन्थली नगरपालिका ९ पुरानोगाउँकि सृष्टि हाल ललितपुर स्थित च्यासलमा बस्दै आइरहेकी छन् ।
उनले तेक्वान्दोमा एक डन समेत गरेकी छन् । सामान्य परिवारमा जन्मिएका सृष्टिका बुबा मुर्तिमा सुन लगाउने काम गर्छन ।
आईतवार २४ बैशाख, २०८०