बैशाख २७, रामेछाप । रामेछाप नगरपालिकामा कुनैपनि कोभिडका विरामीले एम्बुलेन्सको अभावमा उपचार बाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ रामेछाप नगरपालिकाको उपप्रमुख सिर्जना खड्काले आफुले प्रयोग गर्दै आइरहेको गाडीलाई कोभिडका विरामी ओसारपसारका लागि एम्बुलेन्सको रुपमा संचालन गर्न दिने घोषणा गरेकी छिन् ।

कार्यवहाक नगर प्रमुख समेत रहेकी उपप्रमुख खड्काले आइतबार एक सूचना जारी गर्दै नगरपालिकामा रहेका एम्बुलेन्सबाट मात्रै सेवा प्रवाह गर्न गाह्रो भएइरहेका अवस्थालाई मध्यनज गर्दै कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सहज होस भन्ने मुख्य उद्देश्यका साथ आफूले प्रयोग गर्दै आएको गाडीलाई कोभिड संक्रमित विरामी बोक्नको लागि प्रयोगमा ल्याइएको बताएकी छिन् ।
सोमबार २७ बैशाख, २०७८
Barat gurung
Congratulation upa pramukha jyu