चैत १३, रामेछाप । सुनापति गाउँ पालिकाको वडा नं. ४ बेथानको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वाड कमिटी भेला सम्पन्न भएको छ ।

एमाले नेता कृष्ण तामाङको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथीमा नेकपा (एमाले) केन्द्रीय सदस्य कमल चौलागाई, बिषेश अतिथि नेकपा (एमाले)युवा नेता एवम् राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य रबिन्स लामा, नेकपा (एमाले)जिल्ला सचिव पुरुषोत्तम कडरिया, भुवन घिमिरे, सुमन लामा, ज्ञानकुमार, रामकृष्ण लामा, अम्बर ध्वज लामा, सुर्य दोङ, चन्द्र मानन्धर लगायत जिल्लाका नेताहरुको विषेश सम्बोधनका साथ सम्पन्न भएको सुनापाती गाउँपालिकाका कमिटि सचिव राज मैनालीले सुनौलो रामेछापलाई जानकारी गराए ।

यस भेलाले सन्देश खडकाको संयोजक, मिलन केसी सह– संयोजक, मन्डल लामा, सचिव दिनेश पौडेल, सहसचिव दिर्गराज लामा, कोषाध्यक्ष उपन राय सहित ३७ सदस्य वाड कमिटि गठन गर्नुका साथै वाड पार्टी कार्यालय उद्घाटन सम्पन्न गरेको छ ।

तस्बिरः राज मैनाली
शुक्रबार १३ चैत्र, २०७७