बैशाख ५, काठमाडौं । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपा एमालेको केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कमल प्रसाद चौलागाईं, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठ लगाायतका नेताहरुले संयुक्त रुपमा लोर्कापण गर्नुभएको थियो ।

आर्थिक मामिला मन्त्री ढुंगेलको प्रमुख आतिथ्यमा नेकपा एमाले दोरम्बा सैलुङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्व मन्त्री चौलाागाईं, परिषदका उपाध्यक्ष ढुंगेल विशेष अतिथी रहनु भएको थियो भने नेकपा एमाले रामेछापका नेताहरु तुला प्रसाद कंडेल, रत्न प्रसाद गौतम, आनन्द कुमार श्रेष्ठ, ज्ञान कुमार योञ्जन, राम कृष्ण लामा, अशोक ठकुरी, पुरुषोत्तम कडेरिया, उद्धव कडेरिया, गिता कार्की, रोशन पार्खिन, जय गुरुङ, टेक बहादुर श्रेष्ठ लगाायतका नेताहरु अतिथी रहेका थिए ।

सम्पर्क मञ्चका अध्यक्ष श्रेष्ठले सम्पर्क मञ्चद्धारा प्रकाशित भित्तेपात्रो गाउँ गाउँगाउँमा पुर्याउने उदेश्य भएकोले नेकपा एमाले रामेछापका पालिका सम्पर्क मञ्च मार्फत वितरण गर्ने जानकारी सुनौलो रामेछापलाई गराए ।

कार्यक्रममा दोरम्बा–सैलुङ गाउँपालिकाबाट नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी २०० भन्दा बढि व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बलराम थापा मगरको सभापतित्व र तिलक घतानीले सञ्चालन गरेको वृहत कार्यक्रमले होमराज गौतमको अध्यक्षतामा ९९ सदस्य रहने गरी दोरम्बा–सैलुङ काठमाडौं सम्पर्क मञ्च गठन गरी कार्यक्रम समापन भएको थियो ।




तस्बिरः खिल बहादुर श्रेष्ठ
आईतवार ५ बैशाख, २०७८