बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशनको मिति सार्वजनिक 


रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशनको मिति सार्वजनिक 

सुनौलो रामेछाप


 माघ २२, काठमाडौं । नेकपा (एमाले) रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरीको प्रमुख आतिथ्यमा आज बसेको सम्पर्क मञ्चको विस्तारित बैठकले मञ्चको ११औं अधिवेशन फागुन २१ गते शनिबार ए वान क्याफे चाबहिलमा गर्ने निर्णय सर्व सहमतिले पारित गरेको छ ।

  बैठकले अधिवेशन लाई सव्य र भव्य बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले बद्री भण्डारीको संयोजकमा प्रतिवेदन लेखन तथा प्रतिनिधि व्यवस्थापन उपसमिति ,श्रीबहादुर बस्नेतको संयोजकमा खानपान तथा आवास व्यवस्थापन उपसमिति ,जिवनराज खत्रीको संयोजकमा प्रचारप्रसार उपसमिति ,रविन्द्र भण्डारीको संयोजकमा आर्थिक व्यवस्थापन उपसमिति ,कुबेर खड्काको संयोजकमा हल तथा स्टेज व्यवस्थापन उपसमिति ,रामचन्द्र के.सि.को संयोजकमा स्वयंसेवक परिचालन उपसमिति र नारायण श्रेष्ठको संयोजकमा मनोरञ्जन तथा अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय पनि सर्व सहमतिले पारित गरेको छ ।

बैठकले  सम्पर्क मञ्चको तर्फबाट बैठकमा उपस्थित रामेछाप जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू,बागमती प्रदेश सम्पर्क कमिटीमा निर्वाचित पदाधिकारी तथा रामेछाप बाट प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधित्व गर्नुहुने निर्वाचित सदस्यहरू र राष्ट्रिय युवा संघ नेपालको कार्यलय सदस्यमा मनोनित कृष्णहरि के.सि.लाई सफल कार्यकालको बधाई तथा शुभकामना दिदै खादा ओडाएर अध्यक्ष भण्डारीले सम्मान समेत गर्नुभएको थियो।


 

 

शनिबार २२ माघ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट