चैत २३, काठमाडौं । हाल काठमाडौं शाखाको उपाध्यक्ष समेत रहेको रामेछाप मन्थली नगरपालिका निवासी सुर्य सुवेदीले नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सुवेदीले विगतदेखि नै पत्रकारहरुको हक हितको पक्षमा लडदै आएको बताउँदै आगामी दिनमा पनि पत्रकारको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने,‘कलमजीविको पक्षमा लडछु, श्रमजीविको पक्षमा दृढतापूर्वक लाग्छु ।
हाल काठमाडौं शाखामा १४ सय ७९ जना पत्रकारहरु रहेका छन् ।
सोमबार २३ चैत्र, २०७७