चैत २४ काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने २६ औं महाधिवेशनमा काठमाडौं शाखाबाट रामेछापका पत्रकारहरुले अध्यक्ष देखी सदस्य सम्मको पदमा उम्मेदवारी दिई चुनावी मैदानमा प्रतिसपर्धा गरिरहेका छन् ।

अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक काठमाडौं जिल्ला शाखा सदस्य खुल्ला पदका उम्मेदवार रमेशकुमार बोहोराले; काठमाडौं शाखाको अध्यक्ष पदमा सूर्य सुवेदीले; कोषाध्यक्ष पदमा अजित अधिकारीे; बागमती प्रदेश समितिको कोषाध्यक्षमा रमेश ढुंगेल; समावेशी सचिव पदमा यसिमा महत खुल्ला सदस्य पदमा विदुर ढुङ्गेल, रमेश कुमार बोहोरा, गोविन्द कु. सुनुवार (मुखिया), गोविन्द प्रसाद चौलागाईं, माधव पौडेले; बागमती प्रदेश समिति महिला सदस्यमा ज्ञानु श्रेष्ठ लगायत रामेछापका पत्रकारहरुले उम्मेदवारी दिएको जानकारी सुनौलो रामेछपलाई गराए ।

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते बुधबार हुँदैछ ।



मंगलवार २४ चैत्र, २०७७