चैत २७, रामेछाप । नेपाल पत्रकार महासंघको २६ महाधिवेशनबाट काठमाडौं जिल्ला शाखामा रामेछापका ३ पत्रकार विजयी भएका छन् ।
काठमाडौं जिल्ला शाखाको अध्यक्षमा सूर्य सुवेदी अत्याधिक मतले विजयी भएका हुन् । सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् । खुल्ला सदस्यमा रमेश कुमार बोहोरा, आदिवासी जनजाती सदस्यमा सुवास कुमार सुनुवार (मुखिया)ले विजयी हासील गरेको अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोराले सुनौलो रामेछापलाई जानकारी गराए । बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।

रामेछाप नगरपालिका १ गोठगाउँ स्थायी घर भएका खुल्ला सदस्य पदमा विजयी बोहोराले निर्वाचनको बेला फरक–फरक समूहमा प्रतिस्पर्धा रहेता पनि सबै श्रम जिवि पत्रकारहरु एक भएर जानुका साथै चुनावी प्रतिस्पर्धाको बेला आफुले प्रतिबद्धता गरेको एजेण्डालाई कार्यन्वयन गराउने आफ्नो मुख्य भुमिका रहने सुनौलो रामेछापलाई जानकारी गराए ।
तस्बिरः रमेश बोहोरा
शुक्रबार २७ चैत्र, २०७७