बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

सरोकार समाजले गरे भित्तेपात्रो लोकार्पण 


सरोकार समाजले गरे भित्तेपात्रो लोकार्पण 

सुनौलो रामेछाप


चैत २९, काठमाडौं । गोठगाउँ सरोकार समाजले चैत २८ गते शनिबार एक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा २०७८ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल सरकारका मानव अधिकार आयोगमा कार्यरत सह–सचिव नवराज सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा सञ्चारकर्मी तथा फिल्मसाला प्रा.लि.का अध्यक्ष श्रीहरी श्रेष्ठ र समाजसेवी तथा युवा नेता रत्न बहादुर कार्की विशेष अतिथि रहेका थिए । 

ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष ठाकुरदास श्रेष्ठ, वडाकार्यलय गोठगाउँका वडा सहायक प्राविधिक दुर्गा बहादुर कठायत, अर्थ सवाल साप्ताहिकका सम्पादक / प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका सदस्य रमेश कुमार बोहोरा, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ, स्वावलम्बन लघुवित्त वितिय संस्था लि.का प्रबन्धक गणेश कुमार श्रेष्ठ, पूर्णमति स्मृति सेवासमाजका सचिव तथा अधिवक्ता सृजन खत्री, त्रिगोदय युवा क्लब गोठगाउँका उपाध्यक्ष केशर कार्की लगायतका व्यक्तिहरु अतिथि रहेका थिए । 

कार्यक्रममा सरोकारका संचालक, सल्लाहकार आजिवन, साधारण सदस्यहरु लगाायत गोठगाउँ–गोठपानी बासीको उपस्थिती रहेको थियो । 

सरोकारका अध्यक्ष संजय कुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय स्तर (गोठगाउँ)मा पनि छिट्टै सरोकार समाजले भव्य कार्यक्रमको आयोजना गर्न गहिरहेको जानकारी गराउँदै गत वर्ष झैं यो वर्ष पनि गोठगाउँ–गोठपानीका एक घर, एक भित्तेपात्रो वितरण गर्ने जानकारी कार्यक्रममा गराए । 

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई सरोकार समाजको तपर्फबाट मायाको चिनो प्रधान गर्नुका साथै सरोकारका सबै प्रकारका सदस्यहरुलाई संस्थाको लोगो अंकित टिसट वितरण गरेको थियो ।

कार्यक्रममा उपस्थित नभएका सदस्यहरुलाई संस्थाको सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गरी टिसट लिन सक्ने जानकारी समाजका सचिव मिन बहादुर श्रेष्ठले बताए । 


                            तस्बिरः खिल बहादुर श्रेष्ठ 
 

आईतवार २९ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट