चैत ३१, काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा दोरम्बा शैलुङ्ग–काठमाडौं सम्पर्क मञ्च रामेछापको वृहत कार्यकर्ता भेला तथा नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मञ्चद्धारा प्रकाशित नव वर्ष २०७८ सालको भित्तेपात्रो लोकार्पण तथा वितरण एवंम शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना बैशाख ४ गते शनिबार बिहान ११ः०० बजे गौरीशंकर पार्टी प्यालेस कोटेश्वरमा गर्ने भएको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल प्रमुख अतिथि रहने कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कमल प्रसाद चौलागाईं र नेकपा एमालेको केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद उपाध्यक्ष विशेष अतिथि रहने रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले सुनौलो रामेछापलाई जानकारी गराए ।

नेकपा (एमाले) दोरम्बा शैलुङ्ग–काठमाडौं सम्पर्क मञ्च आयोजक रहेको कार्यक्रममा रामेछापबाट काठमाडौं आई बसोबास गर्ने सम्पूर्ण रामेछाप जिल्ला बासीलाई सामाजिक संजालबाटै निमन्त्रणा गरेको जानकारी श्रेष्ठले गराए ।

मंगलवार ३१ चैत्र, २०७७