पुष २६, रामेछाप । रामेछापको विटार पार्कमा सहयोगी मनहरु (रासम)को सक्रियतामा पहिलोपटक नमूना धरहरा निमार्ण भएको छ ।
नेशनल ब्रिडिङ् फार्म प्रालि रामेछापले प्रोपाइटर रुद्र कुमार श्रेष्ठ विश्वास श्रेष्ठ र भरत श्रेष्ठको लगानीमा नमूना धरहरा निर्माण गरेको हो । करिब दुई महिनामा तयार भएको धरहराको उचाई २२ फिट रहेको छ ।
जिल्लाकै नमूना पार्कमा थप आर्कषण थप्नको लागि नमूना धरहरा निर्माण गरिएको प्रोपाइटर रुद्र कुमार श्रेष्ठले बताएका छन् ।
विनाशकारी भुकम्पले भत्काएको धरहराको याद दिने गरी निर्माण गरिएको नमुना धरहरा, पार्क घुम्न आउने आन्तरिक पर्यटकहरुको रोजाइमा परेको छ । यो धरहरा निमार्ण गर्न करिब २ लाख लगानी लागेको छ ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले निर्माण सम्पन्न भएको धरहरा रासमलाई शनिवार एक कार्यक्रमकोबीच हस्तान्तरण गरे ।
आईतवार २६ पुष, २०७७