बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

 रामेछापको तारा खसे पोखरी 


 रामेछापको तारा खसे पोखरी 

डा. कमल राई


घटना परि–घटना क्रमसँगै विज्ञान तथा आविष्कार जस्ता खोज अनुसन्धान सुरु भएको होला । विज्ञानको विकास तथा विष्तार हुनु भन्दा हजारौँ वर्ष अघि मानव जगतले त्यस्ता अनौठा घटनाहरु देख्दै आएका थिए रे । त्यस समयमा पनि मानिसहरु आकाशीय चम्किला वस्तुहरुसँग आफ्नो चाहना राख्द थिए । आकाशमा भएका त्यस्ता दृश्यहरु अनुसार दैनिकि व्यवहार गर्ने मानिसहरुको परम्परा पाईन्छ । आज भन्दा लगभग ५० वर्ष अघिसम्म पनि रातमा ताराहरुको दृश्य अवलोकन गरी समयको अनुमान गर्ने गर्थे । बिहानीको घाम मध्यान्न र साँझ सूर्यको प्रकाशमा आफ्नो छायाँ हेरी समयको आकलन गर्ने चलन थियो । शुक्रको परिवर्तन अनुसार आफ्नो अनि व्यवहार गर्ने नेपाली समाज बेलाबखत आकाशीय पिण्डहरु धर्ति अथवा पृथ्वीमा आईपुग्ने गर्दछन् । जब त्यो घटना घट्छन् समाजमा अनौठो हुने भयो । कति त अचम्म मानेर भगवान, ईश्वर, प्रभु जस्ता सामाजिक तथा धार्मिक कार्यहरु समेत गर्ने गरेको पाइन्छ । हुन पनि त्यस्तो मानविय सोच हुनु स्वभाविक पनि छ । त्यसरी अदृश्य ठाउँद्धारा आईलाग्ने वा झर्ने, खस्ने यसबारे अध्ययन भईरहेकै छ । किन, कसरी, कहिले हुन्छ भनि मानव चाहना वर्तमानको नभएर परपूर्वकाल–खण्डदेखी नै हुँदै आएको छ । वैज्ञानिक तथा परम्परा एक सिक्काको दुई पाटा हुन सक्छन् आदिम ज्ञाननै वर्तमान विज्ञान हुन् भन्ने चाहिँ भुल्नु हुन्न । विज्ञानको सुरुवात हुनुभन्दा हजारौँ वर्ष अघि देखि नै मानव जगत यस सम्बन्धमा परिचित थिए । 

समय समयमा सौर्य मण्डलभित्र यस्ता परिवर्तनहरु भईरहन्छन् । विद्धानहरु विश्वास गर्छन् कि एक बखत एउटा शत्तिशाली तारा सुर्यको नजिक भएरजाँदा सुर्य चौईटिनगई पृथ्वीको स्थापना भयो आकाशीय संसारमा अनेक छन् । पृथक संसार भएका एक पृथ्वी हुन् । वैज्ञानिक खोजहुनु भन्दा पहिले नै आदिवासीहरुले जिवित पृथ्वी आमा मानव तथा जिव संसारको लागि अपार छन् भनेका थिए । सूर्यलाई (बाबु), चन्द्रमा (हजुरमा) र धर्ति (आमा)ले संसार चलेको छ (किराँती) भन्ने सत्यतथ्य थियो । विज्ञान (वर्तमान)को विस्तार भएसँगै विकास गरिएका प्रविधिहरु आज हाम्रो समक्ष्य छन् । कति उपयोगी त कति बिनाशकारी ति सबै मानव सोच र विचारमा निर्भर छन् ।

विश्वका लगभग ७०० मिलियन आदिवासीहरु अझ पनि आफ्नो वंश परम्परामा छन् । अर्को अर्थ नलागेमा आकाशे त्यस्ता पिण्डहरु पृथ्वीको नजिक कुनै–कुनै समयमा आईपुग्ने गर्दछन् । त्यसरी जोडसँग वा गतिशिल भएर पृथ्वीको नजिक भएर आउँदा त्यस्ता वस्तुमाथि पृथ्वीको गुरुत्वकर्षण शक्ति पर्न जाने हुन्छ । त्यसोहुँदा ति वस्तुको बेग अझ बढ्न सक्ने हुन्छ । त्यसरी आवेग गतिमा आई पृथ्वीमा बजारीन पुग्दछ । त्यसो भए शक्तिशाली भुकम्प झैँ कम्पन पैदा हुन्छ भन्छन् । उबेला मानिसहरु तर्सित हुने नै भए विनाश पनि हुन सक्छ । त्यसरी आकाशीय पिण्डहरु खस्दा ठुलाठुला खाल्डाहरु भएको, त्यसको वरिपरि वनजङ्गल नाश भएको कुराहरु रसियामा घटेको कुराहरु अध्ययन गर्न पाईन्छ । त्यस्तो अनौठो घटना युक्त आकाशीय पिण्डको गतिमा भरपर्दछ । यस्ता पिण्डहरु पृथ्वीमा आउँदै गरेको खबरहरु बेला–बेला पढ्न पाईन्छ ।

दन्त्य कथामा आधारीत रामेछापको तारा खसे (झरे) पोखरी सम्बन्धमा वैधिक परम्परा जैविक, भौतिक, भुगर्मिक, खगोलिय अध्ययन नगरेको पाईन्छ । युक्त पोखरी आफैँमा ऐतिहासिक भए पनि भौतिक, राजनितिक तथा सामाजिक दायित्व नपुगेको र ओझेलमा परेको पाईन्छ । पोखरी भन्नाले पानी बुझ्नुपर्छ । त्यसरी पिण्ड वा ताराझैँ बस्तु बसेको ठाउँमा खाडल पर्न गई पोखरी, ताल निर्माण भएको इतिहासहरु छन् । रामेछापको तारा खसे पोखरीको सन्दर्भमा एतिहासिक वातावरणी जलवायु, जलचक्र र त्यससँग संगठानिक विषय वस्तुको पहिचान, अध्ययन, अनुसान्धान, वृतचित्र, नितिगत बहस, छलफल र पहिचान गर्न आजको आवश्यक्ता छ । यस क्षेत्रको बुद्धिमता उपयोग, पर्यायवरण संरक्षण, मौसमी प्रभाव, धार्मिक, बहुआयाम कृषि वन, जलचर, उभयचर, नवचर, थलचर र संस्कृतिको लेखाजोखा स्थानिय प्रदेशीय राज्य तथा अन्तराष्ट्रिय महत्वको विषय बनाउनु पर्ने आजको आवश्यक्ता देखियो । 

त्यसो भएको हुँदा तारा खसे पोखरी एक महत्वपूर्ण सिमसार क्षेत्र पनि हो । इतिहास कालमा सौर्य परिवारका घटना क्रमनुसार उत्पन्न भएका उक्त पोखरी र उसले निर्भा गर्दै आएका विविध विषय र क्षेत्रहरुको अवलोकन र लेखन गर्न बाँकिरहेको देखिन्छ । कालखण्ड र पिण्डझरी पोखरीको महत्वलाई प्रचार प्रसार हुन सके रामेछाप सुखि र संवृद्धिको अर्को अध्ययन हुनेछ भनेर मानव समाजमा चर्चा परिचर्चा हुने गर्दथ्यो । विशेष गरी औंशी तिथिको रातमा आकाशबाट उल्का वर्षा हुने गर्दछ । चम्किने तारालाई देखिने पृथ्वीको सतहमा आउने र हराएर जाने गर्दछ । यस्तो दृश्य देखिएमा समाजमा दुख र बिराम मरो अथवा अन्न बाली राम्रो नहुने, अनिकाल लाग्ने विश्वास गरिन्थ्यो । बुडापाकाहरु सबेरै नुहाई पूजापाठ गर्ने र व्रत बस्ने गर्दथे भने यस दिनमा बारीमा गई खनजोत नगर्ने वा गर्नु हुन्न भन्दथे ।
 
विभिन्न अध्ययन भए अनुसार उनीहरुको बसोबास क्षेत्रमा ०–० प्रतिशत भन्दा बढि विश्वको जैविक विविधता र जङ्गली घनत्व भएको पुष्टि भएको छ । आज विश्वमा वातावरणीय संकट आएकोहुँदा उनीहरुलाई यसको समाधानको लागि उच्च तहबाट सहभागी हुन आग्रह गरिएको छ । तर तीन तहको नेपाली सरकारमा यस्को अभाव देखिन्छ । 
                                                                        

बुधबार १७ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट