बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

 रामेछापको तारा खसे पोखरी 


 रामेछापको तारा खसे पोखरी 

डा. कमल राई


घटना परि–घटना क्रमसँगै विज्ञान तथा आविष्कार जस्ता खोज अनुसन्धान सुरु भएको होला । विज्ञानको विकास तथा विष्तार हुनु भन्दा हजारौँ वर्ष अघि मानव जगतले त्यस्ता अनौठा घटनाहरु देख्दै आएका थिए रे । त्यस समयमा पनि मानिसहरु आकाशीय चम्किला वस्तुहरुसँग आफ्नो चाहना राख्द थिए । आकाशमा भएका त्यस्ता दृश्यहरु अनुसार दैनिकि व्यवहार गर्ने मानिसहरुको परम्परा पाईन्छ । आज भन्दा लगभग ५० वर्ष अघिसम्म पनि रातमा ताराहरुको दृश्य अवलोकन गरी समयको अनुमान गर्ने गर्थे । बिहानीको घाम मध्यान्न र साँझ सूर्यको प्रकाशमा आफ्नो छायाँ हेरी समयको आकलन गर्ने चलन थियो । शुक्रको परिवर्तन अनुसार आफ्नो अनि व्यवहार गर्ने नेपाली समाज बेलाबखत आकाशीय पिण्डहरु धर्ति अथवा पृथ्वीमा आईपुग्ने गर्दछन् । जब त्यो घटना घट्छन् समाजमा अनौठो हुने भयो । कति त अचम्म मानेर भगवान, ईश्वर, प्रभु जस्ता सामाजिक तथा धार्मिक कार्यहरु समेत गर्ने गरेको पाइन्छ । हुन पनि त्यस्तो मानविय सोच हुनु स्वभाविक पनि छ । त्यसरी अदृश्य ठाउँद्धारा आईलाग्ने वा झर्ने, खस्ने यसबारे अध्ययन भईरहेकै छ । किन, कसरी, कहिले हुन्छ भनि मानव चाहना वर्तमानको नभएर परपूर्वकाल–खण्डदेखी नै हुँदै आएको छ । वैज्ञानिक तथा परम्परा एक सिक्काको दुई पाटा हुन सक्छन् आदिम ज्ञाननै वर्तमान विज्ञान हुन् भन्ने चाहिँ भुल्नु हुन्न । विज्ञानको सुरुवात हुनुभन्दा हजारौँ वर्ष अघि देखि नै मानव जगत यस सम्बन्धमा परिचित थिए । 

समय समयमा सौर्य मण्डलभित्र यस्ता परिवर्तनहरु भईरहन्छन् । विद्धानहरु विश्वास गर्छन् कि एक बखत एउटा शत्तिशाली तारा सुर्यको नजिक भएरजाँदा सुर्य चौईटिनगई पृथ्वीको स्थापना भयो आकाशीय संसारमा अनेक छन् । पृथक संसार भएका एक पृथ्वी हुन् । वैज्ञानिक खोजहुनु भन्दा पहिले नै आदिवासीहरुले जिवित पृथ्वी आमा मानव तथा जिव संसारको लागि अपार छन् भनेका थिए । सूर्यलाई (बाबु), चन्द्रमा (हजुरमा) र धर्ति (आमा)ले संसार चलेको छ (किराँती) भन्ने सत्यतथ्य थियो । विज्ञान (वर्तमान)को विस्तार भएसँगै विकास गरिएका प्रविधिहरु आज हाम्रो समक्ष्य छन् । कति उपयोगी त कति बिनाशकारी ति सबै मानव सोच र विचारमा निर्भर छन् ।

विश्वका लगभग ७०० मिलियन आदिवासीहरु अझ पनि आफ्नो वंश परम्परामा छन् । अर्को अर्थ नलागेमा आकाशे त्यस्ता पिण्डहरु पृथ्वीको नजिक कुनै–कुनै समयमा आईपुग्ने गर्दछन् । त्यसरी जोडसँग वा गतिशिल भएर पृथ्वीको नजिक भएर आउँदा त्यस्ता वस्तुमाथि पृथ्वीको गुरुत्वकर्षण शक्ति पर्न जाने हुन्छ । त्यसोहुँदा ति वस्तुको बेग अझ बढ्न सक्ने हुन्छ । त्यसरी आवेग गतिमा आई पृथ्वीमा बजारीन पुग्दछ । त्यसो भए शक्तिशाली भुकम्प झैँ कम्पन पैदा हुन्छ भन्छन् । उबेला मानिसहरु तर्सित हुने नै भए विनाश पनि हुन सक्छ । त्यसरी आकाशीय पिण्डहरु खस्दा ठुलाठुला खाल्डाहरु भएको, त्यसको वरिपरि वनजङ्गल नाश भएको कुराहरु रसियामा घटेको कुराहरु अध्ययन गर्न पाईन्छ । त्यस्तो अनौठो घटना युक्त आकाशीय पिण्डको गतिमा भरपर्दछ । यस्ता पिण्डहरु पृथ्वीमा आउँदै गरेको खबरहरु बेला–बेला पढ्न पाईन्छ ।

दन्त्य कथामा आधारीत रामेछापको तारा खसे (झरे) पोखरी सम्बन्धमा वैधिक परम्परा जैविक, भौतिक, भुगर्मिक, खगोलिय अध्ययन नगरेको पाईन्छ । युक्त पोखरी आफैँमा ऐतिहासिक भए पनि भौतिक, राजनितिक तथा सामाजिक दायित्व नपुगेको र ओझेलमा परेको पाईन्छ । पोखरी भन्नाले पानी बुझ्नुपर्छ । त्यसरी पिण्ड वा ताराझैँ बस्तु बसेको ठाउँमा खाडल पर्न गई पोखरी, ताल निर्माण भएको इतिहासहरु छन् । रामेछापको तारा खसे पोखरीको सन्दर्भमा एतिहासिक वातावरणी जलवायु, जलचक्र र त्यससँग संगठानिक विषय वस्तुको पहिचान, अध्ययन, अनुसान्धान, वृतचित्र, नितिगत बहस, छलफल र पहिचान गर्न आजको आवश्यक्ता छ । यस क्षेत्रको बुद्धिमता उपयोग, पर्यायवरण संरक्षण, मौसमी प्रभाव, धार्मिक, बहुआयाम कृषि वन, जलचर, उभयचर, नवचर, थलचर र संस्कृतिको लेखाजोखा स्थानिय प्रदेशीय राज्य तथा अन्तराष्ट्रिय महत्वको विषय बनाउनु पर्ने आजको आवश्यक्ता देखियो । 

त्यसो भएको हुँदा तारा खसे पोखरी एक महत्वपूर्ण सिमसार क्षेत्र पनि हो । इतिहास कालमा सौर्य परिवारका घटना क्रमनुसार उत्पन्न भएका उक्त पोखरी र उसले निर्भा गर्दै आएका विविध विषय र क्षेत्रहरुको अवलोकन र लेखन गर्न बाँकिरहेको देखिन्छ । कालखण्ड र पिण्डझरी पोखरीको महत्वलाई प्रचार प्रसार हुन सके रामेछाप सुखि र संवृद्धिको अर्को अध्ययन हुनेछ भनेर मानव समाजमा चर्चा परिचर्चा हुने गर्दथ्यो । विशेष गरी औंशी तिथिको रातमा आकाशबाट उल्का वर्षा हुने गर्दछ । चम्किने तारालाई देखिने पृथ्वीको सतहमा आउने र हराएर जाने गर्दछ । यस्तो दृश्य देखिएमा समाजमा दुख र बिराम मरो अथवा अन्न बाली राम्रो नहुने, अनिकाल लाग्ने विश्वास गरिन्थ्यो । बुडापाकाहरु सबेरै नुहाई पूजापाठ गर्ने र व्रत बस्ने गर्दथे भने यस दिनमा बारीमा गई खनजोत नगर्ने वा गर्नु हुन्न भन्दथे ।
 
विभिन्न अध्ययन भए अनुसार उनीहरुको बसोबास क्षेत्रमा ०–० प्रतिशत भन्दा बढि विश्वको जैविक विविधता र जङ्गली घनत्व भएको पुष्टि भएको छ । आज विश्वमा वातावरणीय संकट आएकोहुँदा उनीहरुलाई यसको समाधानको लागि उच्च तहबाट सहभागी हुन आग्रह गरिएको छ । तर तीन तहको नेपाली सरकारमा यस्को अभाव देखिन्छ । 
                                                                        

बुधबार १७ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट