वैशाख ७, रामेछाप । नोवेल कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि सरकारको निणर्य अनुसार रामेछाप जिल्लामा पनि अब सार्वजनिक स्थल सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ ।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नु बाहेक अरु कुनै विकल्प नभएको बताउँदै रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले कोरोनाबाट बच्नको लागि नागरिकहरु स्वयम सचेत हुनुपर्ने बताए ।
विद्यालय जाने बालबालिकालाई कोरोना भाइरसको संक्रमण धेरै देखिन थालेकोले जोखिम बढेकाले स्थानीय तह थप सचेत हुने बेला आएको प्रजिअ सैजूले बताए ।
जिल्ला प्रशासन कार्यालयले रामेछापमा भिडभाड हुने गतिविधि नगर्नको लागि आग्रह गरेपनि राजनीतिक दल र स्थानीय तहमा सभा सम्मेलन र भिडभाड हुने कार्यक्रम भने जस्ताको तस्तै रहेको छ ।

मंगलवार ७ बैशाख, २०७८