बैशाख १०, काठमाडौं । नेकपा एमाले रामेछाप जिल्ला कमटीले उपस्थित नहुन कडा निर्देशन सहितको सर्कुलर जारी गरेता पनि एमालेको माधब नेपाल समुहले समानान्तर कमिटीको भेला गरेको छ ।
पार्टी अध्यक्षले पार्टीको समानान्तर गतिविधि नगर्न निर्देशन दिएपछि उक्त भेलामा जम्मा ९ नौ जना जिल्ला कमिटी सदस्यको उपस्थित रहेको थियो ।
पहिले ७१ जनाको नेकपा एमाले रामेछाप जिल्ला कमिटीमा अहिले ६९ जना रहेका छन । रामेछापमा बैशाख ९ गते भएको भेलामा उपस्थित नेताकार्यकर्ताको संख्या र जिल्ला कमिटीका सदस्यहरुको गणितीय हिसाब हेर्दा माधब समुह निकै कमजोर अवस्थामा रहेको देखिन्छ ।
यो भेलाले नेकपा एमाले रामेछापमा एक ढिक्का छ भन्ने संदेशको पुष्टि समेत गरेको देखिन्छ । उक्त समुहमा एमालेलाई जिल्लामा स्थापित गराउन भुमिका खेल्ने दुई नेता बाहेक अन्य नेता सहभागी थिएनन् ।
उक्त भेलामा जिल्लाको भूगोलबाट ठूलो जमातमा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
एमालेलाई स्थानीय निकाय, प्रदेश र संघमा बिजय गराउने हजारौं नेता र कार्यकर्ताले उक्त भेला बहिष्कार गरेका कारण काठमाडांैबाट आएका केही कार्यकर्ता बाहेक अन्यको उपस्थिती देखिएन । देबसङ्खर पौडेल र शान्ति प्रसाद पौडेललाई भेला नगर्न निर्देशन दिँदा समेत उहाँहरुले भनेको कुरा नसुनेर भेला गरेका थिए ।
उक्त भेलामा उपस्थित जिल्ला कमिटी सदस्यहरुमा , ज्ञान कुमार श्रेष्ठ, दुर्गा श्रेष्ठ, शान्ति प्रसाद पौडेल, रत्न दर्जी, शान्ता सापकोटा, लालसिंह तमाङ होतराज ढकाल, धनलाल योन्जन र ढालबिक्रम कार्की रहेका थिए । स्थानीय निकायमा एमालेबाट प्रायः वडामा जनप्रतिनिधिहरुले जित हात पारेका थिए । जसमध्ये एक जना वडा अध्यक्ष यस सभामा सहभागी भएका थिए ।
यस्तै भेलामा जनप्रतिनिधी तर्फ शान्ति प्रसाद पौडेल –बागमती प्रदेश सभा सदस्य, दिपा पाख्रीन–उप प्रमुख जिससर बलराम खड्का–वडा अध्यक्षको उपस्थिती रहेको थियो ।
जिल्ला कमिटीले पार्टीको सर्कुलर बिपरित भेला सम्मेलन गर्नेलाई तत्काल स्पस्टिकरण सोध्ने जनाएको छ ।
शुक्रबार १० बैशाख, २०७८