शुक्रबार ३ माघ, २०८२ (Friday January 16, 2026)

रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चमा २८ जना सदस्य मनाेनित


रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चमा २८ जना सदस्य मनाेनित

सुनौलो रामेछाप


मंसिर ५,काठमाडौं । नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा ,नेकपा एमाले रामेछाप नगर कमिटीको अध्यक्ष राेशन पाख्रीनकाे प्रमुख आतिथ्यमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य रामेछाप नगर सम्पर्क मञ्चको प्रमुख सल्लाहकार कुमार घिमिरे ,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य नगर सम्पर्ककाे सल्लाहकार रक्षा रैका मगर,रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बद्री भण्डारी ,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य सिता खत्री,नगरका जेष्ठ सदस्य राधाकृष्ण श्रेष्ठको विषेश आतिथ्यमा सम्पन्न भएकाे रामेछाप नगर सम्पर्क मञ्चको विस्तारित बैठकले रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चमा २८सदस्य मनाेनित गरि नगर सम्पर्क मञ्चलाई पूर्णता दिएकाे छ।

बैठकले नगर सम्पर्क मञ्चको काेषाध्यक्ष वेद बहादुर श्रेष्ठ र सदस्य गणेश श्रेष्ठले सम्पर्क मञ्चको हित विपरीत गतिविधि गर्दै हिडेकाेले दुबै जनालाई स्पष्टीकरण साेधनुकाे साथै नेकपा एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशनको तयारीकाे लागि नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको संयाेजकत्याेमा ७५ सदस्य जनपरिचालन समिति र कर्मान तामाङको अध्यक्षतामा रामपुर वडा -काठमाडौं सम्पर्क मञ्च गठन गरेकाे रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चको सचिव तुलसी श्रेष्ठले सुनाैलाे रामेछापलाई जानकारी गराउनु भयाे।

मंसिर १०-१२ गते सम्म चितवनमा हुन गहिरहेकाे दशाैं राष्ट्रिय महाधिवेशनमा रामेछाप नगर बाट धेरै भन्दा धेरै सदस्यहरूलाई उपस्थिति गराउन नगर सम्पर्क मञ्चका सबै टिमनै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक समापन भएकाे समेत सचिव श्रेष्ठले जानकारी गराउनु भयाे।

 

आईतवार ५ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट