बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

जेष्ठ नागरिकलाई गरे वडा कार्यलयले सम्मान 


जेष्ठ नागरिकलाई गरे वडा कार्यलयले सम्मान 

सुनौलो रामेछाप


बैशाख १४, रामेछाप । रामेछाप नगरपालिका वडा नं. १ वडा कार्यलय गोठगाउँले वडा भरिका जेष्ठ नागरिक तथा अपाङ्गहरु मध्येबाट २५ जनालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । 

गोठगाउँका हेम बहादुर थापा, पूर्ण बहादुर सार्की, बम बहादुर बोहोरा, मैया कार्की, रामकुमारी बस्नेत, मनमाया कठायत, अम्मर बहादुर कार्की, धन माया तामाङ, दुर्गा बहादुर श्रेष्ठ, सरिता श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, सन्त कुमारी श्रेष्ठ, विष्णु प्रसाद दाहाल, शम्भु नारायण श्रेष्ठ, नेत्र बहादुर नेवार, लिला माया मगर, लोक बहादुर रानामगर, चिनी मैया सार्की, चेत बहादुर सार्की, मिठू माया कार्की, मक्कर बहादुर बस्नेत, टिका माया बुढाथोकी, सावित्रा कार्की (महत), अम्बर बहादुर थापा, सिद्धि बहादुर बुढाथोकीलाई जनही नगद रु.२०००, चप्पल, ब्याग र छाता दिई दोसल्ला ओढाएर सम्मान गरेको वडा सहायक प्राविधिक दुर्गा बहादुर कठायतले सुनौलो रामेछापलाई जानकारी गराए । 

वडाले उमेर पुगेर पनि नागरिकतामा उमेर नपुगेको कारण वृद्ध भत्ता नपाएको जेष्ठ नागरिक अशक्त भएर पनि राज्यबाट कुनै सेवा सुविधा नपाएको व्यत्तिहरुलाई छानेर सम्मान गरेको वडा सदस्य शिरकुमारी श्रेष्ठले सुनौलो रामेछापलाई जानकारी गराए । 

कार्यक्रममा वडा अध्यक्ष नर बहादुर थापा, वडा सदस्यहरु शिरकुमारी श्रेष्ठ, बिमल कुमार कठायत, सूर्य बहादुर नेपाली, सरिता वर्माशाखा, समाजसेवी इद्ध बहादुर कार्की, श्री चण्डेश्वरी मा.वि.का वि.व्य.स. अध्यक्ष दुर्गा बहादुर थापा, गोठगाउँ स्वास्थ्य चौकी प्रमुख दामु शेर्पा लगाायतले आफ्नो मन्तव्य राखेका थिए । 

वडा अध्यक्ष थापाको अध्यक्षतामा संचालन भएको कार्याक्रममा वडा सहायक प्राविधिक दुर्गा बहादुर कठायतले स्वागत मन्तव्य राख्नुका साथै वडा प्राविधिक / वडा सचिव केशव प्रसाद दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । 

                                                                                                              तस्बिरः पार्वती थापा  
 

मंगलवार १४ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट