बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

उमाकुण्ड गाउँपालीकाकाे काेभिड-१९ अस्थायी अस्पतालको लागि युवा नेता गाैतमकाे विषेश सहयोग 


उमाकुण्ड गाउँपालीकाकाे काेभिड-१९ अस्थायी अस्पतालको लागि युवा नेता गाैतमकाे विषेश सहयोग 

सुनौलो रामेछाप


जेष्ठ १६ रामेछाप । रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालीकामा नेकपा एमालेका युवा नेता रत्न प्रसाद गाैतमकाे विषेश सहयाेगमा काेभिड-१९ अस्थायी अस्पताल तयारी सम्पन्न भएकाे छ।

उमाकुण्ड गाउँपालीकाद्वारा संचालित काेभिड-१९ अस्थायी अस्पतालको लागि पालीका प्रमुख शेर बहादुर सुनुवारले नेकपा एमाले जिल्ला कमिटीको नेताहरूसँग अस्थायी अस्पतालको लागि ५ थान वेड सेट, ९थान अक्सिजन सिलिन्डर, ५००० पिस मेडिकल माक्स, २०० थान ग्रल्स, २०० थान एन्टिजेन कीट उपलब्ध गराईदिन आग्रह गर्नुभएकोले जिल्ला कमिटीका नेताहरूले पार्टीका नेता तथा समाजसेवी रत्न प्रसाद गाैतमसित परामर्श गरी उहाँकै आर्थिक सहयोगमा पालीका प्रमुख सुनुवारले माग गर्नुभएको सबै सामाग्री करिब पाँच लाख बराबरको गाउँपाकामा पठाईदिकाे जानकारी नेकपा एमाले जिल्ला कमिटीका सचिव पुरूषाेत्तम कडेरियाले सुनाैलाे रामेछापलाई जानकारी गराउनुभयाे।

गाैतमले यस अघि पनि रामेछापमा काेराेना भाईरसकाे माहामारिलाई राेकथाम गर्न अक्सिजन सिलिन्डर, एन्टिजेन कीट, स्वास्थ्य सामाग्रीहरू सहयाेग गर्दै आउनु भएकाे छ।

 

 

 

 

आईतवार १६ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट