बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

नेपाल स्काउट सुनापातीको संयोजकमा मैनाली 


नेपाल स्काउट सुनापातीको संयोजकमा मैनाली 

सुनौलो रामेछाप


बैशाख १६, रामेछाप । विगत ९ वर्ष देखि नेपाल स्काउटको आवाधिक निर्वाचन नभएको अवस्थामा मातहतवा स्काउट समितिहरु क्रृयासिल बनाउनुपर्ने परिस्थितको मध्यनजर गर्दै नेपाल स्काउटलाई नेपालको संविधान अनुकुल परिवर्तन राज्य संरचना अनुरुप गर्न गराउन तत्काल नेपाल स्काउटको गतिविधिहरुलाई अन्तरिम रुपमा सञ्चालन, व्यवस्थापन र नियमण गर्ने प्रचलित नेपाल स्काउटको ऐन २०५० (नेपाल ऐन संसोधन २०७५–११–१९) तथा नेपाल स्काउट नियमावलि २०७७को  अधिनमा रहि प्रचलित कानुनको मर्म र भावना अनुसार नेपाल स्काउटको शैक्षिक, सामाजिक तथा सांगठानिक गतिविधिहरुलाई स्थानिय स्तरमा विस्तार गरी नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यलयले लक्ष्य दुरदृष्टि र निर्णयहरु कार्यन्वयन गराउन नेपाल स्काउटले आवधि निर्वाचन नभएसम्म अवधिको लागि देशले सबै स्थानिय तहहरुमा नियमित स्काउट गतिविधि संचालन गर्ने, गराउने तथा हरेक विद्यालयमा स्काउट सिकाइ निमार्ण गरी वालवालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा संलग्न गराउन मिति २०७८ बैशाख ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकमा भएको छलफल र निर्णय अनुसार स्थानिय तहहरुमा देहाय वमोजिमको संयोजकहरुको नेतृत्वमा स्थानिय स्काउट गठन गर्ने निर्णय अनुसार सुनापाति गाउँपालिकाको संयोजकमा राज मैनाली मनोनित हुनु भएको छ । 

यसैगरी रामेछापकै ८ वटै स्थानिय तहमा निम्न संयोजक तोकिएको छ । खाँडादेवी गा.पा.मा गौतम मोक्तान, दोरम्बा गा.पा.मा आङ्गदिरिङ्ग लामा, गोकुलगंगा गा.पा.मा विनोद फुयाँल, लिखु तामाकोसी गा.पा.मा सुसिला थापा, उमाकुण्ड गा.पा.मा श्याम लामा, मन्थली न.पा.मा भुवन श्रेष्ठ र रामेछाप न.पा.मा वलराम लामा मनोनित गरेको जानकारी नेकपा एमाले रामेछाप जिल्ला कमिटि सदस्य तथा युवा नेता राज मैनालीले सुनौलो रामेछापलाई जानकारी गराए ।

 
 

बिहीबार १६ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट