वैशाख १९, रामेछाप । विवाहको कारण कोरोना संक्रमितको संख्या थप बढने भएकोले यसको रोकथामका लागि भनेर सात जना भन्दा बढी जन्ती आउन नपाउने निणर्य गोकुलगंगा गाउँपालिकाले गरेको छ ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाभित्र भने बढीमा २५ जनासम्म जन्ती जान पाउने र अहिलेको यस्तो परिस्थितिमा परिवारका सदस्य मात्र सहभागी भएर विवाह सम्पन्न गर्न आग्रह गरे ।
गोकुलगंगा गाउँपालिकामा कोरोनाको दोस्रो लहर अन्तर्गत हाल ११ जना कोरोना संक्रमित रहेका छन् ।
आईतवार १९ बैशाख, २०७८
Sujan karki
Ok