जेठ ७, रामेछाप । कोभिड-१९ को सङ्क्रमण दर दिनदिनै बढिरहेको समयमा अग्रभागमा रहेर काम गर्दै आएका रामेछापका स्वास्थ्यकर्मी र पत्रकार गरी जम्मा ३२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कणर्का अनुसार जिल्लाका २२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका अनुसार ४४१ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेको रामेछापमा अहिले ३२५ जना स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । ८६ जनाको स्थायी दरबन्दी रिक्त रहेको उनले बताए । जिल्लामा स्थायी र करार गरी करिब ४६४ जना स्वास्थ्यकर्मी हाल कार्यरत रहेको उहाँको भनाई छ ।
स्वास्थ्य प्रमुख कणर्का अनुसार कोरोना सङ्क्रमित २२ जना स्वास्थ्यकर्मी मध्ये १९ जना डिस्चार्ज भइसकेका छन््् भने तीन जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
२४ घण्टासम्म बिरामीको उपचारमा खटिएर सेवा दिएका स्वास्थ्यकर्मीलाई स्थानीय तहले अहिलेसम्म जोखिमभत्ताको व्यवस्था नगरेकोप्रति उनले गुनासो व्यक्त गरे ।
शुक्रबार ७ जेष्ठ, २०७८