शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

स्वास्थ्यकर्मीलाई दोरम्बा सैलुङ गाउँपालिकाद्धारा ५० प्रतिशत भत्ता दिने निणर्य 


स्वास्थ्यकर्मीलाई दोरम्बा सैलुङ गाउँपालिकाद्धारा ५० प्रतिशत भत्ता दिने निणर्य 

सुनौलो रामेछाप


जेठ २५, रामेछाप । कोरोनाका बिरामीको उपचारका लागी भनेर खटिएका फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निणर्य दोरम्बा गाउँपालिकाले गरेको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा खटिने डाक्टरसहित स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निणर्य गाउँपालिकाले गरेको हो ।

कोभिडका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निणर्य भएको गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले बताए ।

‘अहिले गाउँपालिकाभित्र भएको सीमित स्रोत र साधनकोबीचमा पनि डाक्टारसहितका स्वास्थ्यकर्मीहरुले कोभिडका बिरामीको उपचार गरिरहनुभएको छ’, उनेले भने, ‘स्वास्थ्यकर्मीहरुले कोरोना नियन्त्रण र रोकथामको लागि गरिरहेको काम प्रसंशनिय छ ।’ 

गाउँपालिकाभित्र रहेको नौ वटा स्वास्थ्य कार्यालयमा कार्यालय सहयोगी बाहेक ३५ जना स्वास्थ्यकर्मी रहेको दोरम्बा सैलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल भट्टराईले बताए । 

दोरम्बा प्राथमिक अस्पतालमा १५ वेडको आइसोलेसन सञ्चालन भइरहेको बताउँदै उनले गाउँपालिकाको तर्फबाट कोरोना संक्रमितको उपचार निशुल्क भइरहेको पनि बताए । दोरम्बा अस्पतालमा ३५ जना भन्दा बढी कोरोना संक्रमित  बिरामी निको भएर घर फर्किएको भट्टराईले बताए ।

मंगलवार २५ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट