भदौ २४, रामेछाप । तीन जिल्ला (रामेछाप, सिन्धुली, काभ्रे)को संघममा रहेको पबित्र धार्मिक स्थल कुशेश्वर बिश्वामित्र गुफामा ऋषि पन्चमीको दिन अरुणदति सहित सप्तऋषिको पुजा आरधना हुने भएको छ । ऋषिपन्चमीको दिन सप्तरीऋषिको पुजा आरधना सहित धार्मिकमेला हुने बिश्वामित्र बाताबरण संरक्षक समितीका अध्यक्ष रत्नकाजी श्रेष्ठले बताए । सोही दिन भब्य मेला सहित पुजा आरधना हुने भएकाले भक्तजनहरु लाई उक्त पुण्य भुमीमा उपस्थितभई पुजा आरधना गर्न धार्मिक अभियानता चन्द्रमणि शर्माले आह्वान गरेका छन् ।
खाँडादेवी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने कोभिडको अबस्थालाई मध्यनजर गर्दै सबैलाई स्वास्थ मापदण्ड पालना गरेर उपस्थित हुन अनुरोध गरेका छन्।
मध्यपहाडी लोकमार्गको सडक खन्ने क्रममा गुफा माथिबाट माटो मिल्काउँदा सो गुफा पुरिएर क्षति पुगेको थियो भने अहिले गुफा संरक्षणको कार्य पनि भइरहेको छ । सो गुफालाई अहिले पर्यटक स्थलको रुपमा विकास गर्ने गरी खाँडादेवी गाउँपालिकाले पनि काम गरिरहेको खाँडादेवी–१ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । विश्वामित्र गुफलाई ऐतिहासिक गुफा मानिन्छ । नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको भनाइ पनि रहेको छ

सिन्धुली जिल्लामा रहेको ऐतिहासिक कुशेश्वर महादेव मन्दिरको पारिपट्टी रामेछापको राकाथुममा रहेको सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगबलले सुनकोसी नदी पार गरी पूजाआरधनाका लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने विश्वास गरिन्छ ।
बीपी राजमार्गकै छेउमा सिन्धुलीको दुम्जामा कुशेश्वर महादेव मन्दिर छ । कुशेश्वर मन्दिर नजिकै खैरेनीघाटमा पक्की पुल बनेको कारण कुशेश्वर मन्दिरबाट पाँच मिनेटमा विश्वामित्र गुफासम्म पुग्न सकिन्छ । त्यसैले पनि यो गुफाको महत्व बढेको छ ।
धार्मिक अभियानता चन्द्रमणि शर्माका अनुसार पौराणीक नाम रोशमती र सुवर्ण कौशिकी अर्थात् रोसी र सुनकोसीको संगमस्थलमा रहेको कुशेश्वर शिवलिङ्गलाई संसारकै पुरानो शिवलिंग अर्थाता आदिलिंग मानिन्छ । विश्वामित्र ऋषि जाडो याममा विश्वामित्र गुफा र गर्मी याममा गुफाको सिधा माथि चपाडीको जङ्गलमा रहेको एउटा विशाल ढुङ्गा मुनी च्यापमा रात बिताउनु हुन्थ्यो भन्ने विश्वास छ । उहाँ दिउँसो कुशेश्वर मन्दिरमा झरेर साधना गर्नुे हुन्थ्यो । अयोध्याका राजा दशरथका पुत्र राम, लक्ष्मण, भरत, शत्रुधनले विश्वमित्रसँग यही आएर धनुरविद्या आर्जन गरेर बिश्वामित्र संग गायत्री मन्त्र स्मरण गरिएको धार्मिक ग्रन्थ तथा किमदन्ती भएको उहाँले बताउनु भयो । अरुणदति सहित सप्तऋषिको पुजा गरेमा नारीजातीहरुको जन्म–जन्मको पाप नास हुने बिश्वास गरिन्छ। सो धार्मिक स्थानमा ज्ञान र ध्यानका लागि दैवी शक्ति माताहरु समेत आवतजावत गर्ने गरेको बताइएको छ ।
बिहीबार २४ भाद्र, २०७८