आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालन गरिएको खोप अभियान सम्पन्न 


रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालन गरिएको खोप अभियान सम्पन्न 

सुनौलो रामेछाप


असार १, रामेछाप । रामेछापको आठ स्थानीय तहमा गरी २३ सय ८ डोज खोप वितरण गरिएको मध्ये २ हजार ४७ जनाले खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाका अनुसार मन्थली नगरपालिकामा ७ सय ३७, रामेछाप नगरपालिकामा ४ सय ५३, खाँडादेवी गाउँपालिकामा २ सय ९० जना, उमाकुण्ड गाउँपालिकामा १ सय ६४, सुनापति गाउँपालिकामा १ सय ५०, लिखु तामाकोसी गाउँपालिकामा १ सय ३०, दोरम्बा गाउँपालिकामा ७२, गोकुलगंगा गाउँपालिकामा ५१ जनाले खोप लगाएका छन् । 

स्थानीय तहले लगाउन बाँकी रहेको खोप फिर्ता ल्याउने जनस्वास्थ्य अधिकृत थापाले बताए । जेठ २५ गतेदेखि २९ गतेसम्म खोप लगाउने समय निर्धारण गरिएको थियो । जसर्थ रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालन गरिएको यस चरणको खोप अभियान सम्पन्न भएको उनले बताए ।

यसअघि स्वास्थ्य कार्यालय रामेछापले मन्थली नगरपालिकाको लागि ७ सय ५० डोज, रामेछाप नगरपालिकाको लागि ४ सय ५१ डोज खोप उपलब्ध गराएको बताएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको लागि २ सय उमाकुण्ड गाउँपालिकाको लागि २ सय, लिखु तामाकोसी गाउँपालिकाको लागि १ सय ३०, खाँडादेवी गाउँपालिकाको लागि ३ सय, दोरम्बा गाउँपालिकाको लागि १ सय २४ र सुनापति गाउँपालिकाको लागि १ सय ५० डोज खोप पठाइएको थियो ।

मंगलवार १ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट