शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

वाणिज्य बैँक बन्द हुँदा स्थानिय सहित संस्थाहरुलाई समस्या


वाणिज्य बैँक बन्द हुँदा स्थानिय सहित संस्थाहरुलाई समस्या

सुनौलो रामेछाप


बैँकमा कार्यरत सबै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि राष्ट्रिय वाणिज्य बैँक रामेछाप  केहि दिनदेखि बन्द छ साथै बैँकबाट प्रवाह हुने सेवाहरु पनि बन्द भएको छ । रामेछाप डाडाँको एक मात्रै बैँक बन्द भएपछि सेवा ग्राहिहरु मारमा परेका छन ।

बैँक बन्द हुँदा बैँक मार्फत हुने नगद कारोबार तथा तलब भुक्तानीका लागी निकै समस्या भएको रामेछाप नगरपालिकाका स्थानिय महेश मगरले गु्नासो गर्नुभयो । रामेछाप बजारमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि बैँक बन्द हुँदा निकै समस्या परेको छ ।

नगद जम्मा तथा अन्य आर्थिक कोरोबार गर्नलाई बैँक बन्द हुँदा समस्या भएको साहारा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शन्देस शाहीले बताउनुभयो । बैकमा काम परेर आउने धेरै जना सेवा ग्राहि बैँक बन्द हुँदा निराश भएर फर्कने गरेका छन ।

बैँकले भने वैकल्पिक व्यवस्था नगरी पुरै बैँक नै बन्द गर्दा सेवाग्राहि मारमा परेका हुन ।

बैँकका प्रबन्धक ईन्द्र दुलालले भन्नुभयो अब बैँक कहिले खुल्ने भन्ने बारेमा ठ्याक्कै भन्न सकिदैन । अन्य शाखाबाट कर्मचारी ल्याएर सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । बैँकका प्रबन्धक सहित कर्मचारीहरुमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
 

बुधबार ६ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट