बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

नेकपा (एमाले) रामेछापको अध्यक्ष शान्ति पौडेल 


नेकपा (एमाले) रामेछापको अध्यक्ष शान्ति पौडेल 

सुनौलो रामेछाप


भदौ १९, रामेछाप । नेकपा एमालेको पार्टी अध्यक्ष शान्ति पौडेल नै भएको रामेछाप जिल्लाका इन्चार्ज कैलाश ढुंगेलले बताएका छन् । उनले दस बुँदे सहमति अनुसार शान्ति पौडेल नै जिल्लाको अध्यक्ष भएको बताएका हुन् ।

आज राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लामा दस बुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । उनले भने,‘अब भदौ २२ पछि लगत्तै जिल्ला कमिटीको बैठक बसेर दस बुँदे सहमतिलाई वडा तहसम्म लैजान्छौ ।’ रामेछाप जिल्लामा नेकपा एकीकृत समाजवादीको कुनै पनि प्रभाव नरहेको बताउदै ढुंगेलले रामेछापमा एमाले एकताबद्ध र एकढिक्का रहेको दावी गरे ।

शनिबार १९ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट