श्रावण १७, रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई सहयोग रकम प्रदान गर्नुभएको छ । वडा नं ७ का पात्लेका लोकेन्द्र सुनुवारका छोरा कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो ।
जन्मजात अपाङ्ग रहेका बालकलाई खुवाउने,सुताउने,उठाउने सबै काम परिवारले गर्दै आएको छ । आर्थिक अवस्था कमजोर रहेका सुनुवार परिवारले छोराको उपचार भएदेखी आफुहरुलाई निकै सहज हुने बताएका छन् ।
वडा अध्यक्ष कार्कीले बालकको स्वास्थ्य अवस्थामा सुधार होस भन्ने उद्धेश्यले अपाङ्गता पुनस्थापना केन्द्रमा बालकलाई पठाउनको लागी समन्वय गरिरहेको बताउनुभएको हो ।
आईतवार १७ श्रावण, २०७८