बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

राष्ट्रिय युवा संघ नेपाल सुनापतीको अगुवा कार्यकर्ता भेला सम्पन्न


राष्ट्रिय युवा संघ नेपाल सुनापतीको अगुवा कार्यकर्ता भेला सम्पन्न

सुनौलो रामेछाप


   साउन २५ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल सुनापती गाउँपालिका कमिटीको अगुवा कार्यकर्ता भेला नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका ईन्चार्ज बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न भयको छ।

 कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं युथ फोर्स विभाग उपप्रमुख पुष्पराज श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय सदस्य एंव सहकारी बिभाग प्रमुख पूर्व मन्त्री कमल प्रसाद चौलागाई,नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुङ्गेल विशेष अतिथिमा रहेको थियो भने अतिथिहरूमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तुला प्रसाद कडेल,नेकपा एमालेका नेता भुवन बिक्रम घिमिरे,नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठ ,जिल्ला कमिटी रामेछापका सचिव पूरूषोत्तम कडरिया लगायत नेताहरूको उपस्थिति रहेको थियो।


        अगुवा कार्यकर्ता भेलाले नरमान तामाङको अध्यक्षतामा ६१ जनाको राष्ट्रिय युवा संघ नेपाल सुनापती गाउँपालिका कमिटी र राजु के.सि.को संयोजकमा ४५ जनाको युर्थ फोर्स नेपाल सुनापाती गाउँपालिका गठन गरियको छ।
   कार्यक्रममा रबिन्स लामा, अम्वरध्वज लामा, राज मैनाली लगायतको संक्रियतामा सुनापाती गा.पा.४ खान्जा पिप्ले बिकाश समाजका पूर्व अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा नेकापा माओवादी पार्टी परित्याग गरि सिङ्गो गाउँनै नेकपा एमालेमा प्रवेश गरेका छन।


 तस्बिर ः– राज मैनाली
 

सोमबार २५ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट