बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

वक्तृत्वकला प्रतियोगितामा कालिकादेवी माविका छात्र प्रथम


वक्तृत्वकला प्रतियोगितामा कालिकादेवी माविका छात्र प्रथम

सुनौलो रामेछाप


भदौ २९, रामेछाप ।आज रामेछाप नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाइएको छ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकालाई कोरोनाले पारेको प्रभाव शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सन्चालन गरिएको थियो । 

८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु वक्तृत्वकला सहभागीता जनाएको प्रतियोगितामा कालिकादेवी मावि देउरालीका छात्र आयुष रोका प्रथम हुन सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा गौरीशंकर माविका छात्रा जयन्ती महतारा द्धितिय हुँदै नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएकी छन् । यसैगरी प्रतियोगितामा भंगेरी माविका छात्रा रेश्मा शाही तृतिय हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकि छन् भने जनकल्याण माविकी छात्रा मुना श्रेष्ठ सान्त्वना हुँदै नगद २ हजार प्राप्त गर्न सफल भएकी छन ।

रामेछाप नगरपालिकाको आयोजना र वातावरण संरक्षण परियोजनाको सहकार्यमा नगरपालिकाको सभाहलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा विजय तथा सहभागी विद्यालयका विद्यार्थीहरु्लाई रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रामेछपमा पनि विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको हो ।

जिल्लाको ८ वडा स्थानिय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन । यसैगरी जिल्लाका विभिन्न विद्याययहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको जानकारी दिएका छन ।
 

मंगलवार २९ भाद्र, २०७८



मतहरू

* * * Win Free Cash Instantly: https://www.itboo.kz/uploads/git9r5.php?uay0iyd * * * hs=d796d4fad60d541f09d362854bd8d526*

xtiv1q

* * * <a href="https://www.itboo.kz/uploads/git9r5.php?uay0iyd">Get Free Bitcoin Now</a> * * * hs=d796d4fad60d541f09d362854bd8d526*

g1vzuc


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट