शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

सडकाे नाला व्यवस्थापन नगर्दा गाेठगाउँकाे तीन घरमा क्षति


सडकाे  नाला व्यवस्थापन नगर्दा गाेठगाउँकाे तीन घरमा क्षति

सुनौलो रामेछाप


असाेज ६, रामेछाप । रामेछाप नगरपाली वडा नं १ गाेठगाउँमा गय राति परेकाे भिषण वर्षाले पहिराे जादा दधिराम सापकोटाकाे मान्छे नभएको खालि घर लड्नुकाे साथै भिम प्रसाद सापकोटाकाे दुई घरमा क्षति पुर्याएकाे छ।

 वागमती प्रदेश सरकारकाे याेजना अन्तरगत निर्माण भैरहेकाे सडक रामेछाप नगरले टेन्डर मार्फत भरत दाहाललाई ठेक्का दियकाे सडककाे नाला निर्माण गर्दैजादा साेहि (पहिराे गयकाे)ठाउँमा पहिले नै जाेखिम भयकाेले कित अलि पर सम्म नाला बनाउनु कित भल कटाई दिनु भनेर नगरका प्रविधिक लगाएत कार्यकारी प्रमुख समेतलाई बारम्बार जानकारी आफुले गरायता पनि सुनुवाइ नभयकाेले अहिले क्षति पुगेकाे गाेठगाउँका वडा अध्यक्ष नर बहादुर थापाले सुनाैलाे रामेछाप लाई जानकारी गराउनु भयाे।

अध्यक्ष थापाले दिनु भएकाे जानकारी अनुसार दधिराम सापकाेटा र भिम प्रसाद सापकोटाकाे बाहेक अरू केहिघरलाई समेत सामान्य क्षति पुगेकाे बताउनु भयाे।

तस्बिर:मिनु तामाङ

बुधबार ६ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट